पत्रकार र रोट्रयाक क्लबबीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता



बिर्तामोड– नेपाल खेलकुद पत्रकार मन्च झापा र रोट्रयाक क्लब अफ बिर्तामोडबीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
रोट्रयाक क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोडको एब्सुलेट फुटसल ग्राउण्डमा रोट्रयाक क्लब अफ बिर्तामोड र नेपाल खेलकुद पत्रकार मन्च झापा बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा आयोजक क्लब ८-५ अन्तरले बिजयी भएको क्लबका सचिब बप्पा शाहले बताए ।
मैत्रीपुर्ण खेलले दुई सस्थाको सम्बन्ध अझ प्रगाढ हुने कुरामा बिस्वस्थ रहेको नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष हिमाल खरेलले बताएका छन् ।
सामाजिक सेवाका साथै स्वास्थ्यका लागि भन्ने नारा सहित खेलिएको खेलले दुई संस्थालाई अझ नजिक बनाउने र आगामी दिनमा पनि निरन्तरता दिने रोट्रयाक क्लब अफ बिर्तामोडका अध्यक्ष प्रभाश थापा मगरले बताए । आइपिपी राज मुखियाले स्वागत गरेको मैत्रीपुर्ण खेलको उद्घाटन कार्यक्रम सचिब बप्पा शाहले संचालन गरेका थिए।