क्षितिज साहित्य प्रतिष्ठान झापा गठन



 

बिर्तामोड– क्षितिज साहित्य प्रतिष्ठान झापा गठन भएको छ । शनिवार निर्माणाधीन झापा नाटक घरमा भएको भेलाले क्षितिज साहित्य प्रतिष्ठान झापा गठन गरेको हो ।

क्षितिज नाट्य समूहको अग्रसरतामा निर्माणाधीन झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित भेलाले प्रतिष्ठान गठन गरेको छ ।

तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा गठित प्रतिष्ठानमा सचिव डिल्लीराम परदेशी छन् । सदस्यहरुमा ताराप्रकाश भट्टराई, जगन्नाथ अधिकारी, सीताराम भट्टराई, बिबेक निशानी, अन्सु सुवेदी, रञ्जन धमला, दुर्गा ओली रहेको क्षितिज नाट्य समूहका अध्यक्ष रंगकर्मी माधव कल्पितले बताए ।