प्रधानन्यायाधीशबाट राजीनामा दिन मिश्रको आग्रह



 

बिर्तामोड- साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । सर्वोच्च अदालतले गरेको फैसला जनताले स्वीकार गर्न नसकेको भन्दै साझा पार्टीका संयोजक मिश्रले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका हुन्  ।

न्यायका लागि साझा तराजु यात्रालाई शनिबार माइतीघर मण्डलामा सम्वोधन गर्दै संयोजक मिश्रले प्रधानन्यायधीश जबरा विवादित बन्दै गएको बताए । प्रधानन्यायाधीश जबराले गरेकाे निर्णय शंकाको घेरामा परेको संयोजक मिश्रको जिकिर छ ।

श्रीमती हत्याको अभियोगमा जेल सजाय भुक्तान गरेका पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक रञ्जन काेइराला सर्वोच्च अदालतको आदेशपछि बिहीबार जेलमुक्त भएका थिए । उनलाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसला विवादमा परेपछि प्रधानन्यायाधीशकाे चर्को आलोचना हुँदै आएको छ ।