धरानमा कांग्रेसको पार्टी कार्यालय स्थापना



 

धरान- नेपाली कांग्रेस प्रदेश सभाको क्षेत्रीय समितिको कार्यालय धरानमा स्थापना गरिएको छ । प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठले शनिबार कार्यालयको उद्घाटन गरेका हुन् ।

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टी कार्यालय स्थापना भएपछि सांगठनिक गतिविधिहरु तीव्र हुने अनुमान गरिएको छ । पार्टी कार्यालय उद्घाटनपछि सांसद श्रेष्ठले गुटबन्दीका आधारमा पार्टी सञ्चालन गर्न नहुने बताए ।

क्षेत्रिय सभापति धनबहादुर कटवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नगर सभापति किशोर राई, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सुनसरी जिल्ला सभापति प्राध्यापक गंगाप्रसाद चौलागाई, कांग्रेस नगरसमिति उपसभापति महेन्द्र तामाङ लगायतले बोलेका थिए ।