तोपगाछीमा पहिचान झल्किने स्तम्भ स्थापना



 

केर्खा– झापाको कमल गाउँपालिका–२ स्थित क्याम्पा बजारमा तोपगाछीको ऐतिहासिक पहिचान झल्किने तोप र गाछीका प्रतिकसहितको स्तम्भ स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु शिवाकोटीले संयुक्त रूपमा स्तम्भको उद्घाटन गरेका हुन् ।

स्थानीय युवाको सक्रियतामा स्तम्भ निर्माण गरिएको हो । निर्माण समितिका सचिव कुमार बस्नेतले स्तम्भ निर्माणले क्याम्पा बजारमा आन्तरिक तथा बाह्य आकर्षण बढेको बताए ।