कक्षा ११ को नयाँ पुस्तक तयार



 

झापा–पाठ्यक्रम विकास केन्द्रले परिवर्तित पाठ्यक्रम अनुसार कक्षा ११ को नयाँ पुस्तक तयार गरेको छ। केन्द्रले विज्ञको सहयोग लिएर अनिवार्य तर्फका तीन वटा विषयको पुस्तक तयार पारेको हो।

केन्द्रका निर्देशक गणेश भट्टराईले अनिवार्य नेपाली, अंग्रेजी र सामाजिक विषयको पुस्तक तयार भएको बताए । परिवर्तित पाठ्यक्रम अनुसार कक्षा ११ मा ६ वटा विषयको पढाइ हुनेछ। तीन वटा अनिवार्य र तीनवटा ऐच्छिक विषयको पढाइ हुने व्यवस्था मिलाइएको हो।