सवारी साधनको आयातमा ह्वात्तै कमी



 

झापा– कोरोनाका कारण नेपालमा गत आर्थिक वर्षमा सवारी साधनको आयातमा ह्वात्तै कमी आएको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ मा ९१ अर्ब ३१ करोडको सवारीसाधन आयात भएकोमा २०७६–७७ मा आवमा ६५ अर्ब २ करोडको मात्रै आयात भएको छ।

विगत पाँच वर्षको तथ्याङ्क हेर्दा सवारीसाधनको झण्डै दोब्बर पुगेको आयात ह्वात्तै घटेको हो। गत वर्षको आयात २०७२र०७३ को भन्दा पनि कम हो।