सहाराको सचेतना सप्ताह शुरु



लक्ष्मीपुर– सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले सचेतना सप्ताह शुरु गरेको छ । संस्थाले विभिन्न सात वटा विधामा शुरु गरेको सचेतना १८ गतेसम्म सञ्चालन गरिने सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए ।

सचेतना कार्यक्रम लघुवित्त महिला सदस्यहरु माझ सञ्चालन गरिने प्रमुख भारतीले बताए । सचेतना कार्यक्रम अन्र्तगत स्वास्थ्य सचेतना, प्राकृतिक प्रकोप पूर्व तयारी सचेतना, वित्तिय परामर्श सचेतना, बालबालिका शिक्षा सचेतना, करेसाबारी निर्माण कृषि सचेतना छन् ।

टनेल प्रविधि अर्गानिक कृषि सचेतना र घर बगँैचा निर्माण, पशु व्यवस्थापन तथा सरसफाई सचेतना लगायत रहेको प्रमुख भारतीले जानकारी दिए । सप्ताह कार्यक्रममा सावुन मास्क वितरण, असाहय वालबालिकालाई छात्रवृत्ति वितरण महिला समुह सदस्यलाई तरकारी बीउ वितरणलगायतका कार्यक्रम छन् ।