सरकारी डाक्टरलाई निजी क्लिनिकमा काम गर्न प्रतिवन्ध



 

झापा– सरकारी डाक्टरहरुले प्राइभेट क्लिनिकमा काम गर्न नपाउने भएका छन्। आफू कार्यरत सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा सरकारी डाक्टरले समय दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै अबदेखि कुनै पनि सरकारी अस्पताल, प्रतिष्ठानहरूमा कार्यरत रहेका चिकित्सकहरूले प्राइभेट क्लिनिकमा काम गर्न नपाउने निर्णय गरेका हुन्।

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि देशभरका सम्पूर्ण सरकारी अस्पताल तथा प्रतिष्ठानलाई परिपत्रसमेत गरिसकेको छ।