लक डाउनमा भाडा छुट गर्ने बुद्धशान्तिका ३३ घरधनीलाई सम्मान



 

तीर्थ तिम्सिना  बुद्धशान्ति– कोरोना कहरले नागरिकको दैनिकी असहज भएको बेला झापाको बुद्धशान्ति गाउँपालिकामा घरभाडा मिनाहा र छुट दिएका ३३ जना घरधनीलाई सम्मान गरिएको छ । उद्योग बाणिज्य संघ शाखा बुधबारेले लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई कदर पत्रले सम्मान गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प भएकाले आफ्नो घरमा बहालमा बस्नेहरुलाई सहज होस् भन्ने उद्देश्यले बुद्धशान्तिका कतिपय घरधनीहरुले स्वतःस्फूर्त रुपमा निश्चित समयको घरबहाल छुट गरेका थिए ।

उद्योग बाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्रप्रसाद चापागाईंले घरभाडा छुट गरी दुःखमा परेका व्यवसायीहरुलाई सहयोग गरेकोमा धरधनीहरुको प्रसंशा गर्दै धन्यवाद दिएका थिए । उनले केही व्यक्तिले गरेको यो काम उदाहरणीय भएको बताउँदै सकेसम्म सबैलाई केही समयको भएपनि घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गरे ।

संकटको घडीमा सहकार्य र सद्भाव राख्दै एकले अर्कोलाई सहयोग गर्ने संस्कृतिको विकास गर्नुृृपर्ने सन्देश दिनका सम्मान गरिएको बाणिज्य उपाध्यक्ष चन्द्र उप्रेतीले बताए ।

लक डाउनको कारण लामो समयसम्म व्यापार व्यवसाय बन्द भई ठूलो आर्थिक संकटमा परेका व्यापारी तथा व्यवसायीहरुलाई घर भाडा छुट गरी दुखमा साथ दिनेहरुमा रामजानकी मन्दिर, खड्ग प्रसाईं, सीता चापागाईं, चन्द्रप्रसाद उप्रेती, बिजुली खरेल, मदन सङग्रौला, हिरा सापकोटा, लेखनाथ सुबेदी, केशव ढुङ्गेल, झापा उद्योग बाणिज्य संघ, सीता ढकाल, बेद कुमार श्रेष्ठ, गंगा बुधराज, प्रल्लाद पाठक, कौशल पोखरेल, भवानी खतिवडा, श्रीलाल रसाइली, दिपेन्द्रराज कार्की, मविन्द्र शिवा, बेनुप्रसाद सङग्रौला, देउमान लिम्बु, नेत्र पौडेल, खड्ग श्रेष्ठ, शान्ता श्रेष्ठ, टिकाराम घिमिरे, योगेश्वरी कट्टेल, हरि पौडेल, बिष्णु खनाल, टीका धिमाल, लक्ष्मीप्रसाद उप्रेती, तुलसीराम बिमली, दिपक ढकाल,र लिलाबल्लब आचार्य रहेका छन् ।

उद्योग बाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्रप्रसाद चापागाईंको सभापतित्वमा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष बेनुप्रसाद सङग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिष्णु मैनाली स्वागत गरेकी थिइन भने सञ्चालन लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।