राप्रपाका नेता थापा कांग्रेसमा प्रवेश गर्दै



 

बिर्तामोड- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व मन्त्री सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । नेता थापाले दुई दिनअघि मात्रै पार्टी परित्याग गरेको  घोषणा गरेका थिए ।

नेता थापा आफ्नो समूहसहित कांग्रेसमा प्रवेश गर्न लागेको जनाइएको छ । यसका लागि कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार ३ बजे कार्यक्रम आयोजना गरिएको छ ।

राप्रपा परित्याग गरेकामध्ये थापालाई सह महामन्त्री बनाउने तयारी कांग्रेसले गरेको छ भने अरु केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिक्क भएपछि नेता थापा सहितका ३० जनाले हालै मात्र पार्टीबाट संयुक्त राजीनामा घोषणा गरेका थिए । तर राप्रपाले भने थापाले पार्टी परित्याग गर्दैमा संगठनलाई खासै ठूलो असर नगर्ने जनाएको छ ।