राष्ट्रिय खेलकुद परिषदमा सिलवाल पुन नियुक्त



 

झापा–राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेशकुमार सिलवाल पुन नियुक्त भएका छन्। खेलकुद विकास ऐन २०७७ लागु भएपछि तीन साताअघि उनी पदमुक्त भएका थिए ।

सिलवाल पुन आवेदन हालेर नियुक्ति लिन सफल भएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो। उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिएको छ। यसअघि पिताम्बर तिमल्सिना उपाध्यक्षका रुपमा रहेका थिए।

गत वर्ष असार २३ गते पहिलो पटक सदस्य सचिव नियुक्त भएका सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी एवंम सदस्य राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि १८ असारमा पद मुक्त भएका थिए।

सिलवालकै चाहनामा सदस्यसचिव प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका हुन्।