रेडक्रसको केन्द्रीय सदस्यमा ढकाल चयन



 

बिर्तामोड- परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा लोकराज ढकाल चयन भएका छन् । सोसाइटीको केन्द्रीय तदर्थ समितिमा ढकाललाई सदस्यमा चयन गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति ढकाल लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील छन् । भ्रष्टाचार र अनियमितताको आरोपमा रेडक्रसको केन्द्रीय समिति विघटन भएपछि तदर्थ समिति गठन गरिएको हो ।