प्रधानमन्त्री ओलीले घरमा गएर भेटे वामदेव



 

बिर्तामोड- प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई उनकै घरमा पुगेर भेट गरेका छन् । नेकपामा राजनीतिक संकट चुलिएपछि प्रधानमन्त्री ओली गौतमलाई भेट्न आज साँझ उनको निवासमा भैसेपाटी पुगेका हुन् ।

महासचिव विष्णु पौडेललाई समेत साथमा लिएर प्रधानमन्त्री ओली गौतमलाई भेट्न पुगेका छन् । नेता गौतमले प्रचण्ड माधवकुमार नेपालको समूह छोडेको संकेत गर्दै मंगलबार दिउँसो सहमतिका लागि भन्दै ६ बुँदा सार्वजनिक गरेका थिए ।

मङ्गलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर नेकपाका अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठकले स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको छ ।