मोबाइल रिचार्ज गर्दा २ प्रतिशत कर



बिर्तामोड- नेपाल टेलिकमले रिचार्ज गर्दा कर लिने भएको छ । टेलिकमले पोस्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्ने व्यवस्था गरेको हो ।

मोबाइल रिचार्ज गर्नासाथ  कर काटिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसअघि टेलिकमले प्रिपेडका ग्राहकसँग मात्रै  यस्तो कर लिदै आएको थियो ।

अब प्रत्येक रिचार्जमा टेलिकमले ग्राहकसँग २ प्रतिशत स्वामित्व शुल्क लिनेछ । पोस्टपेडका ग्राहकलाई सन्देश पठाउँदै टेलिकमले दुई प्रतिशत स्वामित्व शुल्क लिने जनाएको छ ।