बिर्तामोडमा महिला प्रहरीमा भेटियो काेराेना



 

बिर्तामोड- झापामा एकपछि अर्को गर्दै सुरक्षा निकायमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सबैभन्दा बढी सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबारसम्म 35 जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।

शनिबार झापाको बिर्तामोडमा पनि नेपाल प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी चौकी बिर्ता बजारमा कार्यरत एकजना महिला प्रहरीमा  संक्रमण पुष्टि भएको हो । महिला प्रहरी मेची आँखा अस्पतालको क्वारेन्टाइनको सुरक्षामा खटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।