रोटरीद्वारा ह्वील चियर वितरण



विर्तामोड– रोटरी क्लव अफ बिर्तामोड मिड टाउनले भद्रपुर–३ वैसावारीका तीन जना विद्यार्थीलाई ह्वीलचियर वितरण गरेको छ । रोटरीले स्थानीय लेखनाथ गणेश, लक्ष्मण गणेश र कृष्ण गणेशलाई ह्वीलचियर वितरण गरेको हो ।

आदर्श आधारभूत बिद्यालयमा अध्ययनरत् उनीहरुलाई विद्यालय आउन जान समस्या थियो ।  रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले उनीहरुको समस्या बुझेर ह्वीलचियर वितरण गरिएको बताए ।

भद्रपुर–३ की अध्यक्ष कमला थुलुङले विद्यालय आउन जान नसक्ने विद्यार्थीलाई छनोट गरेर ह्वीलचियर बाँडिएकोमा रोटरीलाई धन्यवाद दिइन् ।