इलाममा २८ जना सशस्त्र प्रहरीमा कोरोना



 

इलाम- इलाम र झापामा कार्यरत सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएको छ । दैनिकजसो इलाम र झापाका प्रहरीमा संक्रमण देखिएको हो ।

इलाममा थप १७ जना सशस्त्र प्रहरीमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले ४० जनाको नमुना परीक्षणका लागि पठाइएकोमा १७ जनाको रिपोर्ट पाेजेटिभ आएको जानकारी दिए । इलाममा संक्रमित सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ ।

झापामा पनि सशस्त्र प्रहरीमा कोरोना संक्रमण तीव्र हुँदै गएको देखिएको छ । झापामा पछिल्लो तीन नेता ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।