टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी



 

बिर्तामोड– गोप्य सूचनाहरु लिने गरेको भन्दै टिकटकमाथि अमेरिकी सरकारले प्रतिवन्ध लगाउने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने जनाएका छन् ।

चीन र अमेरिकाबीच कुटनीतिक विवाद बढ्दै गइरहेको बेला एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी भइरहेको जनाएका हुन् ।

टिकटकले आफना नागरिकहरुको विवरण चिनियाँ सरकारलाई दिने गरेको अमेरिकी आरोप छ । ट्रम्पले कहिलेबाट एपमाथि प्रतिबन्ध लगाउने भन्ने बारेमा भने केही बताएका छैनन् ।

टिकटकले भने उक्त आरोपको खण्डन गर्दै आइरहेको छ। अमेरिकामा मात्रै करिब ८ करोड मानिसले टिकटक चलाउने गरेका छन् ।