कार्यालयमा कुटिए श्रमका हाकिम



बिराटनगर- श्रम कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यालयभित्रै कुटिएका छन् । सञ्जेललाई महिला कर्मचारीले कार्यालयभित्रै कुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले कार्यालय सहयोगी दुईजना महिलाले उनलाई कुटपिट गरेको जानकारी दिए । कार्यालयको कामको विषयमा विवाद भएपछि आक्रमण भएको हो ।

आफूमाथि कुटपिट भएको भन्दै सञ्जेलले प्रहरीलाई फोन गरेका थिए । त्यसलगत्तै प्रहरी श्रम कार्यालय पुगेको थियो । घटना सामान्य भएकाले दुवै पक्षलाई राखेर प्रहरीले छलफल गरिरहेको छ ।