अर्जुनधारामा ५ दिन लक डाउन



 

अर्जुनधारा- समुदायमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

नियन्त्रण तथा व्यवस्थापन समितिको शनिबार बसेको बैठकले साउन १८ गते विहान देखि २२ गतेसम्म नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना भाइरस संक्रमित फेला परेकाले समुदायमा हुने थप जोखिम कम गर्नका लागि यस्तो निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

बिहीबार अर्जुनधारा वडा-१ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । नगरपालिकाले निजी तथा भाडाका गाडी र मोटरसाइकल समेत पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।