एउटै परिवारका १४ जनामा कोरोना संक्रमण



 

बिर्तामोड- एउटै परिवारका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको रंगेली बजार अनिश्चितकालका लागि बन्द गरिएको छ । रंगेली नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना भाइरस फैलिएको आशंकाका बीच परीक्षण गराउँदा रंगेली बजारका एउटै परिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर राेहेन्द्र पाण्डेले जानकारी दिए ।

संक्रमित परिवारको सम्पर्कमा आएकाहरुको स्वाब संकलन सुरु गरिएको छ । झन्डै २०० जनाको स्वाब परीक्षण गर्नुपर्ने अवस्था आएको छ । रंगेली अस्पतालले पनि आकस्मिक सेवाहरु समेत अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको जनाएको छ ।