लेबननमा विस्फोट, ७० जनाको मृत्यु, ४ हजार भन्दाबढी मानिस घाइते



 

झापा–लेबननको राजधानी बेरुतमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विष्फोटमा कम्तीमा ७० जनाले ज्यान गुमाएका छन् । चार हजार भन्दाबढी मानिस घाइते भएको विवरण सार्वजनिक भएको छ ।

एउटा गोदाममा राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा यति ठूलो मानवीय क्षति भएको हो । विष्फोटबाट प्राय सबै भवनहरु ध्वस्त भएका छन्। विष्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो ।

विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले राष्ट्रिय शोक घोषणा गरेका छन्।

राष्ट्रपति मीसेल आउनले ट्वीट गर्दै भनेका छन्, ‘२७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य छ, यसको छानविन हुन्छ।’ प्रधानमन्त्री हसनले दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन्।