इलाममा कार्यरत थप १६ जना सशस्त्र प्रहरीमा कोरोना



 

इलाम- इलाममा कार्यरत थप १६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सीमा सुरक्षा र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि पनि इलाममा ३१ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमित प्रहरीलाई उपचारका लागि धरान वा बिराटनगर पठाइने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले जानकारी दिए ।