राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



झापा–राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको छ । ५ बजेर ५५ मिनेटमा घरमै उनको निधन भएको हो । उनको जन्म वि सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

घिमिरेको अन्त्येष्टिको तयारी सेनाले गरेको छ । सैनिक सम्मानका साथ उनको अन्त्येष्टि गर्ने सेनाको तयारी छ । घिमिरे नेपाली सेनाका मानार्थ कर्णेल हुन् ।