कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू



 

बिर्तामोड– सरकारले यस वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । कतिपय निजी विद्यालयको विरोधका बाबजुद सरकारले नयाँ पाठ्यक्रम लागू गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रले अधिकांश विषयको नयाँ पाठ्यक्रम र पुस्तक तयार पारेर विद्यार्थी भर्नाको आधार पनि निर्धारण गरेको छ । केन्द्रका महानिर्देशक केशव दाहाल अनुसार विद्यार्थी संख्या निकै कम भएको अवस्थामा पुरानै मापदण्ड लागू हुनेछ ।

कक्षा ११ को पाठ्यक्रम २७ वर्षपछि पूर्णरुपमा परिवर्तन हुन लागेको हो ।