दीपाले रुदै राजेशसँग मागिन् माफी (भिडियोसहित)



 

झापा– जन्मदिनमा भावुक हुँदै कलाकार दीपाश्री निरौलाले अभिनेता राजेश हमालबारे गरेको टिप्पणीप्रति ठूलो पश्चाताप व्यक्त गरेकी छन् । त्यति मात्र होइन, उनले आफूभन्दा सिनियर कलाकारका विषयमा टिप्पणी गरेर ठूलो भूल गरेको स्वीकार पनि गरेकी छन् ।

राजेश हमालका फ्यानसँग फेरि एकपटक उनले रुँदै माफीसमेत मागेकी छन् । आफ्नो व्यक्तित्व विकासमा चुकेको भन्द्यै उनले मिडियामा बोल्दा संवेदनशील हुनु पर्ने पनि औँल्याएकी छन् ।