कन्काईका ३६ शिक्षक कर्मचारीलाई ल्यापटप



 

कन्काई– प्रविधिमैत्री शिक्षाका लागि झापाको कन्काई माध्यमिक विद्यालयले शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा ३६ जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो ।

कनकाई नगरपालिकाले अघि सारेको डिजिटल पालिकाको अवधारणालाई सार्थक बनाउने उद्देश्यले प्रविधिमा आधारित शिक्षामा जोड दिएको कन्काई माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताए ।

नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले गुणस्तरीय प्राविधिक शिक्षाका लागि नगर प्रतिबद्ध रहेको जनाउँदै प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता बन्दै गएको धारणा व्यक्त गरे । उनले सबै विद्यालयलाई प्रविधि मैत्री बनाउने बताए ।