झापा, मोरङ र सुनसरीका १२ जुवाडे पक्राउ



 

दमक– मोरङको कानेपोखरी–७ स्थित एक घरमा लुकेर तास जुवा खेलिरहेका झापा, मोरङ र सुनसरीका १२ जना जुवाडेलाई प्रहरीले तीन लाख भन्दाबढी रुपैयाँसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको टोलीले राजमार्गबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ गएर तास जुवा खेलिरहेका उनीहरुलाई तीन लाख ५ हजार १ सय ३१ रुपैयाँसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी निरिक्षक दीपक गिरीको नेतृत्वमा रहेको टोलीले आज साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विर्तामोड–३ का ३२ वर्षिय लक्ष्मीकुमार तामाङ्ग, २७ वर्षिय सञ्जिव घतानी, हल्दिवारी–५ का ३६ वर्षिय ताराकुमार जोगी, बुद्धशान्ति–४ का ३८ वर्षिय मनिष लिम्बु, छन् ।

बेलबारी नगरपालिका–१ का ३६ वर्षिय बिमल गुरुङ्ग, सोही ठाउँका ३७ वर्षिय कृष्ण लिम्बु, २८ वर्षिय श्याम लिम्बु, ५२ वर्षिय चन्द्र लिम्बु, लेटाङ्ग नगरपालिका–५ का ३१ वर्षिय समिर तामाङ्गलाई पनि प्रहरीले समातेको छ ।

धरान–१६ का ३९ वर्षिय रुपजंग लिम्बु, सोही ठाउँका २९ वर्षिय किरण उदास र इटहरी उपमहानगरपालिका २० का २४ वर्षिय राजन पौडेल पनि पक्राउ परेका छन् ।

उनीहरुलाई कानेपोखरी–७ स्थित चालिस बिगेका किशोर लुईटलको घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।