बिर्तामोडमा कक्षा ११ र १२ को पढाई सुरु गर्ने तयारी



 

बिर्तामोड– नगरक्षेत्रका संस्थागत विद्यालयले कक्षा 11 र 12 को पढाइ सञ्चालन गर्ने निर्णय गरेका छन् । आज बिर्तामोडमा भएको विद्यालय सञ्चालकहरूको भेलाले पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

भेलाले कक्षा 11 मा नयाँ भर्ना तथा कक्षा 12 मा नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । सरकारले तोकेको मापदण्ड पुरा गर्दै भदौ 25 गतेदेखि कक्षा 11 को नयाँ भर्ना फाराम खुला गरिएको न्युटन्स एजुकेसन फाउन्डेसनका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

सम्बन्धित विद्यालयले तय गरेको अनलाइन विधिबाट विद्यार्थीले फाराम भर्न सक्नेछन् । आगामी असोज 12 गते सम्ममा सबै प्रक्रिया पूरा गर्ने भेलाले निर्णय गरेको छ।

असोज 15 गतेदेखि सरकारले तोकेको मापदण्ड पूरा गर्दै अनलाइन विधिबाट कक्षा 11 को पठनपाठन सञ्चालन गर्ने जनाइएको छ ‌। सरकारले तोकेको मापदण्डअनुसार कक्षा 12 का विद्यार्थीले असोज 5 गतेदेखि अनलाइन विधिबाट पढ्न पाउनेछन् ।