खोलाले बगाएर बालकको मृत्यु



कनकाई– झापाको कनकाई नगरपालिका–९ का १५ वर्षीय बालकको खोलाले बगाएर मृत्यु भएको छ । विरीङ खोलाले बगाएर स्थानयि गोविन्द साहको मृत्युु भएको हो ।

बुुधबार दिउँसो १२ बजेतिर उाी भैंसीलाई पानी खुुवाउन भन्दै हिँडेका थिए । खोलाले बगाइरहेको देखेपछि स्थानीय महमद शाहिलले उद्धार गरेका थिए लगत्तै उनलाई उपचारका लागि विर्तासिटी अस्पताल लगिएको स्थानीय दुर्गा ओलीले जानकारी दिए ।

अस्पताल ल्याउन साथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । शवलाई पोस्मार्टमका लागि मेची अस्पताल भद्रपुुर पठाइएको प्रहरी नायव उपरीक्षक मुुकुुन्द रिजालले जानकारी दिए ।