बिर्तामोडको महेन्द्र रत्न माविमा अनलाइन पढाई सुरु



बिर्तामोड– झापा बिर्तामोडको महेन्द्र रत्न माविले अनलाइन कक्षा सुरु गरेको छ । इन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले कक्षा ८,९ र १० मा अनलाइन पढाई सुरु गरेको हो ।

विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले तत्कालका लागि इन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई लक्षित गरी अनलाइन पढाई सुरु गरिएको बताए ।

समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै जाँदा विद्यालय सञ्चालन अनिश्चित बन्दै गएपछि प्रविधिमा आधारित शिक्षण सिकाईको अभ्यासमा सरकारी तथा संस्थागत विद्यालय केन्द्रीत भएका छन् ।