आज प्रदेश १ मा ठूलो पानी पर्दै



 

झापा– आज दिउँसो देशभर मौसम सामान्यतया बदली  रही  केही  स्थानमा मेघगर्जन र चट्याङसहित  भारी  वर्षाको सम्भावना छ। खासगरी प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक÷दुई  स्थानमा  भारी  वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का  केही स्थानमा भने भारी वर्षाको सम्भावना छ।

त्यस्तै २८ भदौ आइतबार दिउँसो देशभर  सामान्यतया बदली  रही  केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना छ। आइतबार पनि प्रदेश १ , बागमती, गण्डकी र प्रदेश ५  का केही स्थानमा भारी  वर्षाको  सम्भावना छ।

मनसुनको  न्यून चापीय  रेखा  औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। भारतको पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको विकास भएको छ।