चार अर्ब २६ कराेडका माेबाइल सेट भित्रिए



 

बिर्तामोड– नेपालमा मोबाइल आयात बढ्दै गएको छ। नयाँ आर्थिक वर्ष सुरु भएयता पहिलो महिनामा ठूलो परिमाणमा माेबाइल सेट नेपाल भित्रिएका छन् ।

साउन महिनामा चार अर्ब २६ कराेडका माेबाइल सेट भित्रिएकाे अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको साउन महिनामा २ अर्ब ४१ करोड रुपैयाँको माेबाइल नेपाल भित्रिएको थियो ।

कोरोना भाइरसको संक्रमणका बीच सरकारी तथा निजी विद्यालयमा अनलाइनमार्फत पढाइ हुन थालेपछि माेबाइलकाे खपत बढेको छ ।