कृषि ज्ञान केन्द्रको बजेट ९ करोड



 

भद्रपुर– कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७÷०७८ मा खर्च गरिने बजेट आइतबार सार्वजनिक गरेको छ । केन्द्रले ९ करोड ६९ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नीलकमल सिंहले बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश १ सरकारबाट प्राप्त ५ करोड २३ लाख ५१ हजार, केन्द्रीय सरकारमार्फत प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, ब्लकविकास कार्यक्रमका लागि विनियोजन गरिएको २ करोड ८५ लाख ९८ हजार र सशर्त अनुदानतर्फ १ करोड ६० लाख गरी ४ करोड ४५ लाख ९८ हजारसमेत कूल ९ करोड ६९ लाख ४९ हजार रुपैयाँको बजेट कार्यान्वयन गर्ने केन्द्रले जनाएको छ ।

उक्त बजेट मध्येबाट १ करोड ६१ लाख ६१ हजार रुपैयाँ प्रशासनिक खर्च रहनेछ । मागमा आधारित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम लगायत कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन लगायतका २६ वटा कार्यक्रममा बजेट परिचालन गरिने प्रमुख सिंहले जानकारी दिए ।

सार्वजनिकीकरण कार्यक्रममा प्रदेशसभा सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुखको सहभागिता रहेको थियो ।