सीमामा युवामाथि गोली प्रहार



झापा–मोरङको नेपाल–भारत सीमा क्षेत्रमा एक नेपाली युवामाथि गोली प्रहार भएको छ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय दीपक मण्डल बासु माथि दशगजा क्षेत्रमा गोली प्रहार भएको हो ।

सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर मण्डल भारततर्फ लागेका थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार भारततर्फ क्यारम खेलेर बसिरहेका जोगवनीका मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेका हुन् ।