असोज ५ देखि हवाई उडान र लामो दुरीको यातायात सञ्चालन हुँदै



 

बिर्तामोड– सरकारले कोरोना भाइरसको संक्रमणका बीच लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । संक्रमणको जोखिम रहँदारहँदै पनि सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक हवाई उडान बन्द छन् । लामो दुरीका यातायात समेत नचल्दा आवतजावतमा समस्या पर्दै आएको छ ।

संक्रमणको जोखिम बढ्दै गएको भएपनि अन्तत सरकार लामो दुरीको यातायात र हवाई उडान खोल्ने निष्कर्षमा पुगेको हो ।