बीमा वापतको ५१ लाख पीडित परिवारलाई हस्तान्तरण



 

बिर्तामोड–सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम परिवारलाई हस्तान्तरण गरेको छ । अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीको परिवारलाई कम्पनीले बीमा रकम हस्तान्तरण गरेको हो ।

रसाइलीले कम्पनीको बिर्तामोड शाखाबाट मंसिर ४ गते ५० लाख बराबरको जीवन विमा गरेका थिए । विमावापतको पहिलो प्रिमियम बुझाएका उनको एक महिना १९ दिनपछि पुस २१ मा हृदयघातका कारण निधन भएको थियो ।

कम्पनीले ५१ लाख ५० हजार रुपैयाँको चेक मृतकका आमा मनमाया रसाइली र श्रीमती रीना सुनारलाई हस्तान्तरण गरेको हो ।

इन्सुरेन्सका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठ, बरिष्ठ एजेन्सी मेनेजर प्रेमराज गिरी, रामप्रसाद घिमिरे, रुद्र निरौला लगायतले चेक हस्तान्तरण गरेका हुन् ।