प्रचण्ड माधव समूहद्वारा झापामा सङ्घर्ष समिति गठन



 

बिर्तामोड– नेकपाको प्रचण्ड माधव समूहले झापामा सङ्घर्ष समिति गठन गरेको छ । संसद विघटनबिरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपाले केन्द्रीय सदस्य एवम् नेकपा झापाका इन्चार्ज रविन कोइरालाको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको हाे ।

सरकार विरुद्धको आन्दोलनलाई वडा तहसम्म पुर्याउन सङ्घर्ष समिति गठन भएको  नेकपाले जनाएको छ । समितिमा केन्द्रीय सदस्य धर्मशीला चापागाई सह संयोजक र नेकपा झापाका सचिव बिजय साङपाङ सदस्य सचिव छन् ।

पार्टीको केन्द्रीय समितिले तय गरेका आन्दोलनका कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने गरी संघर्ष समितिले काम सुरु गरिसकेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको अवस्थामा छ ।