चारआलीबाट ब्राउन सुगरसहित दम्पत्ति पक्राउ



 

बिर्तामोड– लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगर–१३ चारआलीबाट आज दुई जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरु श्रीमान् श्रीमती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका छन् । उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसी राकेश थापाले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।