बिप्लव समूहद्वारा माघ १० गते नेपाल बन्दको घोषणा



 

बिर्तामोड– विप्लव नेतृत्वको नेकपा माओवादीले माघ १० गतेेेेेेे नेपाल बन्दको घोषणा गरेको छ । आफ्नो पार्टीका नेता कार्यकर्ता पक्राउ परेको विरोधमा विप्लव नेतृत्वको माओवादीले नेपाल बन्दको घोषणा गरेको हो ।

प्रहरीले विप्लव समूहका पश्चिम इञ्चार्ज धर्मेन्द्र बास्तोला लगायतलाई पक्राउ गरेको थियो । नेता पक्राउको विरोधमा विप्लब नेतृत्वको नेकपाले पाँच दिने आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत माघ ३ गते देशव्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द राखिएका छन् ।