बङ्गलादेशबाट रसायनिक मल नेपाल भित्रिन सुरु



बिर्तामोड– सरकारले बंगलादेशसँग खरिद गरेको रसायनिक मल नेपाल आउने क्रम सुरु भएको छ । दुई हजार पाँच सय मेेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको हो ।

बङ्गलादेशबाट सरकारले ५० हजार मेट्रिकटन मल ल्याउने तयारी गरिरहेको छ । कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख गाेरखनाथ केसीले रासायनिक मल आउने क्रम सुरु भएको बताए ।

वीरगञ्ज र विराटनगरबाट भित्रिने रसायनिक मल कृषि सामग्री कम्पनीका विभिन्न कार्यालयमार्फत किसानलाई वितरण हुने जनाइएको छ ।