अलैंची व्यवसायी बंशल उत्कृष्ट निर्यातकर्ताका रूपमा सम्मानित



बिर्तामोड– झापाको बिर्तामोडका अलैंची व्यवसायी सुजित बंशल काठमाडौंमा सम्मानित भएका छन् । निर्यात व्यवसायी महासङ्घको प्रथम साधारणसभाका अवसरमा उनलाई सम्मान गरिएको हो ।

अलैँचीको व्यवसायिक विकास र निर्यात प्रवर्द्धनमा भूमिका खेलेको भन्दै वंशललाई उत्कृष्ट निर्यातकर्ताका रूपमा सम्मान गरिएको छ । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले व्यवसायी वंशललाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

अलैंची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले उत्कृष्ट निर्यातकर्ताका रूपमा बंशल सम्मानित हुनु निर्यातकर्ता व्यवसायीका लागि खुशीको कुरा भएको बताए ।