कोरोनाको खोप उपलब्ध गराइदिन भारतलाई स्वास्थ्यमन्त्रीकाे हारगुहार



झापा– कोरोना भाइरस विरुद्धको खोप निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा परेको छ । आन्तरिक माग उच्च भएको जनाउँदै भारतले खोप निर्यात गर्न नसकिने जनाएको थियो ।

नेपालले पहिलो चरणको खोप अभियान सम्पन्न गरे पनि दोस्रो चरणको अभियान प्रभावित भएको छ । अभियान प्रभावित भएपछि स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले भारतीय समकक्षी हर्षवर्धनलाई फोन गरेर तत्काल कोरोनाको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

यसअघि पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतीय समकक्षी एस जयशंकरलाई फोन गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । भारतले आन्तरिक खपतको अवस्था बुझेर मात्रै खोप निर्यात गर्न सकिने जनाउ दिएको छ ।