नेपालमा पछिल्लो छ वर्षमा थपिए १०७ वटा गैंडा



झापा– नेपालमा पछिल्लो छ वर्षमा १०७ वटा गैंडा थपिएका छन् । चैत ९ देखि सुरुभएको गैँडाको गणना चैत २७ मा सकिएको हो । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा गैंडाको संख्या ७५१ पुगेको छ ।

चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १३६ वटा बच्चा छन्, ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए ।

सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ६९४ वटा गैंडा भेटिएको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले बताए ।