मेची उद्योग वाणिज्य संघ प्रादेशिक मूल्यांकनमा उत्कृष्ट



बिर्तामोड– मेची उद्योग वाणिज्य सङ्घ प्रादेशिक मूल्यांकनमा उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले प्रादेशिक गतिविधि र सक्रियताका आधारमा मेची उद्योग वाणिज्य संघलाई उत्कृष्ट ठहर गरेको हो ।

महासङ्घको ५५ औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित कार्यक्रमकाबीच मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनालाई उत्कृष्टताको प्रमाणपत्रसहित सम्मान गरेका छन् ।

प्रदेश १ का ख वर्गका उद्योग बाणिज्य संघमध्ये प्रादेशिक मूल्यांकनका आधारमा मेची उद्योग वाणिज्य संघ उत्कृष्ट भएको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

अध्यक्ष तिम्सिनाले संस्थालाई उत्कृष्ट बनाउने कार्यमा निरन्तर सक्रिय रहने पूर्वअध्यक्षहरु, कार्यसमिति, कर्मचारी र उद्योगी व्यवसायीलाई धन्यवाद पनि दिएका छन् ।