भद्रपुर नगरपालिकाद्वारा निर्माणाधीन सडकको अनुगमन



भद्रपुर– नगरक्षेत्रमा निर्माणाधीन अवस्थाका सडकको भद्रपुर नगरपालिकाले अनुगमन गरेको छ । निर्माणमा भइरहेको प्रगतिका विषयमा अनुगमन गरी तोकिएका सर्त अनुसार सडक निर्माणमा नगरपालिकाले जोड दिएको हो ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्राविधिक टोलीसहित सडक अनुगमन गरेको र प्रगतिका विषयमा जानकारी लिएको बताइन् । नगरपालिकाको टोली वडा नम्बर १ र ४ मा निर्माणाधीन सडकको अनुगमन गरेको हो ।

अनुगमनपछि उपप्रमुख श्रेष्ठले तोकिएको मापदण्ड र गुणस्तरका आधारमा सडक निर्माण गर्नुपर्ने भन्दै कुनै पनि कमजोरी हुन नदिनेतर्फ सचेत हुन निर्देशन दिएकी छन् ।