झापाको सतासीधाममा एम्बुलेन्स दुर्घटना : चालकको मृत्यु



सतासीधाम– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको सतासीधाम-११ दूधेमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रत भइ दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी- ७ बस्ने उत्सव घिमिरे र सोही एम्बुलेन्समा सवार सन्तोष तामाङ गम्भीर घाइते भएका थिए । घाइतेमध्ये एम्बुलेन्स चालक घिमिरेको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्का घाइते तामाङको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भएको भइरहेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । तामाङको अवस्था पनि गम्भीर छ ।