कोरोना सङ्क्रमणका कारण पत्रकार मिश्रको मृत्यु



झापा– नेपाल पत्रकार महासंघ झापाका सदस्य कमल मिश्रको गएराति मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण ४८ वर्षीय मिश्रको ज्यान गएको हो ।

पत्रकारिता र मानवअधिकारको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका मिश्र केही वर्षदेखि राजधानी काठमाडौंमा बस्दै आएका थिए । विभिन्न रोगबाट ग्रसित मिश्रलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।

काठमाडौँस्थित टेकु अस्पतालमा उपचारका क्रममा गएराति १ बजे पत्रकार मिश्रको निधन भएको हो । पत्रकार मिश्रको निधनप्रति विवेचना प्रकाशन हार्दिक दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।