७२ घण्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका बन्द



काँकडभिट्टा– नेपाल भारत सीमा नाका बन्द भएको छ। भारतको पश्चिम बंगालमा हुन लागेको राज्यसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सीमा नाका बन्द गरिएको हो ।

पश्चिम बंगालसँग जोडिएको झापाको काँकडभिट्टा र भद्रपुर नाका भारतीय सुरक्षा निकायको अनुरोधमा बन्द गरिएकाे जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ७२ घण्टाका लागि नेपाल भारत सीमा नाका बन्द भएको बताए ।

 पश्चिम बंगालमा बैशाख ४ गते राज्य सभाको निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द गरिएका कारण आवतजावत नगर्न जिल्ला प्रहरी कार्यालय छापाले सर्वसाधारणलाई अपिल पनि गरेको छ ।

भारतीय सुरक्षा निकायको आग्रहमा नाका बन्द गरिएको जनाउँदै प्रहरीले अर्को सूचना जारी नहुन्जेलसम्म नाका नखुल्ने जनाएको छ ।